लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पाेखरा | जेठ ४, २०८०

लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा:   अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

 

पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । उसले बुधबार माछापुच्छे क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

 

यस्तै, ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो ।

 

योसँगै समूह ए बाट किङ्स र माछापुच्छे« उपाधि होडबाट बाहिरिए र समूह बि का टिमबीच बिहीबारदेखि खेल हुने छन् । बिहान साढे ८ बजे सांग्रिला क्रिकेट क्लब र तनहुँको पेलिकन्स क्रिकेट क्लब तथा दिउँसो साढे १२ बजे काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र राइजिङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक अरण्यज्योति क्रिकेट क्लब अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

 

बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माछापुच्छे« क्रिकेट क्लबले पूरै २० ओभरमा ९ विकेट खर्चेर ९७ रनको झिनो योगफल तयार पारेको थियो । ९८ रनको लक्ष्यसहित मैनान उत्रिएको अरण्यज्योतिले ४ विकेटको क्षतिमा १४.४ ओभरमै लक्ष्य भेटाएको हो । जितका लागि प्लेयर अफ दि म्याच सोनु तामाङ नटआउट रहँदै ५७ रनको अर्धसतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्याप्टेन विधान श्रेष्ठले २७ बलमा २६ रनको योगदान दिए । विपक्षी माछापुच्छे«का तर्फबाट राजुकुमार गुरुङले २ विकेट लिए । आफ्नो पारीमा अश्वीनी थापाले सर्वाधिक ३५, मनोज कोइरालाले १६, अशीषेक थापाले १५, प्रवीण ढकालले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन् । 

 

बुधबार बागलुङ र किङ्सबीचको पहिलो खेलमा बागलुङको झिनो योगफलबीच पनि किङ्सलाई ४६ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको उसले पूरै २० ओभरमा १०३ रनको योगफल तयार पारेको थियो । तर १४.३ ओभेरमै अलआउट हुँदै किङ्स मात्र ५७ रनमै समेटिएको थियो । सस्तैलाई समेट्नलाई बागलुङका युनिषविक्रम सिंहले मात्र २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । १४ बलको सामना गर्दा १६ रन जोड्ेका उनी प्लेयर अफ दी म्याचसमेत हुन् । यस्तै, सञ्चार निउरेले ३, दीपेन्द्र राउतले २ र विश्व कार्कीले १ विकेट झारे । मात्र ९८ रनको लक्ष्यका साथ इनिङ सम्हालेको किङ्सका लागि रसिक काफ्लेबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको योगदान तयार पार्न सकेनन् । 

 

आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्